सीआईबीमा कार्यरत ४ इन्सपेक्टर हटाइए

काठमाडौँ - केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा कार्यरत रहेका ४ प्रहरी निरीक्षक इन्सपेक्टरलाई हटाइएको छ ।
इन्सपेक्टर सुरेश खत्रीलाई प्रहरी हेडक्वाटरमा सरुवा गरिएको छ । अर्का इन्सपेक्टर रन्जित लामाको पनि प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ ।

त्यस्तै वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ मा सरुवा गरिएको छ । अर्का इन्सपेक्टर कृष्ण श्रेष्ठलाई पहरा गणमा सरुवा गरिएको छ ।