इलाम–२ मा सुहाङ र बझाङ क्षेत्र नम्बर–१ ‘क’मा भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय


काठमाडौँ । काठमाडौँ । नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

सुहाङ दिवंगत नेता, संविधानसभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा हुन् ।

यस्तै, बझाङ क्षेत्र नम्बर–१ ‘क’मा दमनबहादुर भण्डारीलाई उमेदवार बनाउने निर्णय गरिएको ज्ञवालीले जानकारी दिए । भण्डारी एमाले बझाङ जिल्ला अध्यक्ष हुन् ।

यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ ।

यस्तै सचिवालय बैठकले ऐन महरलाई पुनस् केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको छ ।