ईपीएस भाषा परीक्षाको आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन

काठमाडौँ । कोरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको छ । उत्पादनमूलक क्षेत्रका लागि पुस २ गतेदेखि ६ गतेसम्म र पुस १६ गतेदेखि २० गतेसम्म सन् २०२३ को कोरियन भाषा परीक्षाको आवेदन फाराम खुलेको थियो ।

त्यसका लागि १ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका थिए । उनीहरूको पहिलेको रजिस्ट्रेशन नम्बर परिवर्तन भएर आएको ईपीएस कोरिया शाखाले जनाएको छ।

परिवर्तित नयाँ रजिस्ट्रेशन नम्बर फाराम भर्दाको वेबसाइट (https://eoers.epsnepal.gov.np ) मा पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने शाखाले जनाएको छ। 

 पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने शाखाले जनाएको छ। 

 

Registration-Number-change (1)(1)_1