आज सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

 काठमाडौँ - साताको चौथो कारोबारका दिन सुनको मूल्य बढेको छ ।
बुधवार नेपाली बजारमा छापावाल सुन तोलामा १ सयले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै अघिल्लो दिन आइतबार मात्रै प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसै गरी सोमबार चाँदीको मूल्य तोलामा १ हजार ४२५ रुपैयाँ कायम भएको छ ।