सुन तस्करी प्रकरण : असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने सहमति

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामत गरिएको सुन प्रकरणको छानबिनका लागि आगामी असोज ५ गते जाँचबुझ आयोग गठन हुने भएको छ ।

आज सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठकले तत्कालका लागि यो प्रकरणको अनुसन्धान सीआईबीलाई नै दिने र असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने सहमति भएको हो । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद अवरोध गर्दै आएको थियो ।