संसद बैठक बस्दै : सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिंदै

काठमाडौँ - प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा विभिन्न मन्त्रालयका मन्त्रीहरूले सांसदले गरेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् । त्यसस्तै सभामुख घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा पनि सदस्यहरूको नाम हेरफेर गर्नेछन् ।

त्यस्तै स्वास्थ्य तथ जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्रीहरूले मौखिक प्रश्नहरूको जवाफ दिने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजको बैठकमा उपप्रधान  एवं अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।