परराष्ट्रमन्त्री साउदले कारागार पुगेर भेटे बालकृष्ण खाँण

 काठमाडौँ - नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बालकृष्ण खाँणलाई भेटेका छन् । केन्द्रीय कारागार रहेका खाँणलाई भेटन परराष्ट्रमन्त्री साउद हिजो केन्द्रीय कारागार पुगेका थिए ।

बिहीबार दिउसो उनी केन्द्रीय कारागार पुगेर खाँणसँग भेटघाट गरेको कारागार स्रोतले जनाएको छ । ‘परराष्ट्रमन्त्री आउनु भएको करिब डेढ घण्टा उहाँसँग कुराकानी गरेर फर्कनु भयो’, कारागार प्रशासन स्रोतले भन्यो । भेटघाट कारागार प्रशासन कक्षमा भएको थियो । प्रशासन प्रमुखकै रोहबरमा भेटघाट हुनुपर्नेमा उनीहरुलाई कुराकानी गर्न छुट्टै कोठा उपलब्ध गराएको थियो ।