'सत्ता गठबन्धन परिवर्तन हुँदैन' : सांसद सापकोटा

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अहिलेको सत्ता गठबन्धन परिवर्तन हुने कुनै संभावना नरहेको बताएका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सापकोटाले सत्ता गठबन्धन परिवर्तन हुने कुरा आधार नभएको बहस मात्रै भएको बताए । उनले अहिले कांग्रेस र एमालेकाबीच तत्काल सत्ताको साझेदारी गर्ने तहको धरातल बिकास नभएको दावी गरे ।

सापकोटाले एक चरण सरकारको नेतृत्व गरेपछि माओवादीले कांग्रेसलाई सत्ताको नेतृत्व हस्तान्तरण गर्ने उल्लेख गरे। त्यस्तै उनले समाजवादी मोर्चा एकाएक नभई धेरै अघिदेखि नै बहसमा रहेको भन्दै कांग्रेसका लागि समाजवादी मोर्चा सरप्राइज बिषय नभएको जिकिर गरे ।