प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

काठमाडौँ - आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे बोलाइएको छ।

आजको बैठकमा प्रतिनिधिसभा सदस्यहरुले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिँदैछन्।