मन्त्रिपरिषद् बैठकका निर्णयहरू के-के छन् ?  

काठमाडौँ - सरकारले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यायलय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले जापान सरकारबाट प्राप्त हुने मानव संसाधन विकास छात्रवृत्तिका ४१ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने र विद्यालय क्षेत्र आयोजनाका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९।७० मिलियन अमेरिकी डलर सहायत स्वीकृति गर्ने निर्णय पनि गरेको हो ।

बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने अबदेखि हरेक बर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको प्रवक्ता शर्माले बताइन् । त्यस्तै बैठकले भन्सार महसुलसम्बन्धी नयाँ विधेयकका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।