'जस्तो परिस्थितीमा पनि राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउनुपर्छ' : सांसद पाण्डे

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजनाहरुलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले राष्ट्रिय गौरवका आयोजनाहरुलाई अगाडि बढाउनुपर्ने माग राखेका हुन् । उनले जस्तोसुकै कठिन घडीमा पनि राष्ट्रिय गौरवका आयोजनाहरुलाई अगाडि बढाउन जरुरी रहेको बताए ।

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र बुढीगण्डकी आयोजना निर्माणलाई विशेष जोड दिए । त्यसैगरी काठमाडौं हुँदै धार्के, मुग्लिन पारी भएर गैंडाकोटसम्म जाने सडक निर्माण गर्नुपर्ने र जसका लागि बजेट विनियोजन गर्नुपर्ने उनले जोड दिए ।