'अब छिट्टै गठबन्धन ढल्छ र कांग्रेसले सत्ता सम्हाल्छ' : प्रदीप पौडेल

काठमाण्डौँ - नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई सत्तामा जान कुनै हतार नभएको बताएका छन् । 

शनिबार  दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिले गर्दा कहिले सत्तामा र कहिले विपक्षमा हुने भन्दै  कांग्रेस पार्टी प्रमुख प्रतिपक्ष दलका रुपमा संसद्मा प्रभावकारी र रचनात्मक भूमिका गरेर अगाडि बढ्ने बताए । 

सत्तामा जानको निम्ति अप्राकृतिक प्रपञ्च गर्न जरुरी नभएको समेत उनको भनाइ थियो ।  यो गठबन्धन आफैँ ढल्ने र अर्को बन्ने गठबन्धनमा कांग्रेस सत्तामा जाने कुरामा जोड दिनुभयो । प्रधानमन्त्री प्रचण्डले पहिलो पार्टीको समर्थन लिन नचाहेर कांग्रेससँगको गठबन्धन तोडेर अप्राकृतिक काम गरेको समेत उनको भनाइ छ ।