हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

सुर्खेत - हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अदानचुली गाउँपालिका(५, का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेका छन् ।

उनीहरूको घटनास्थलमै‌ मृत्यु भएको हो ‌। यस्तै उक्त घटनामा परी अहिलेसम्म ६ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले रातोपाटीलाई जानकारी दिए ।