आगामी माघ २२ गते संसद्को हिउँदे अधिवेशन 

काठमाडौँ - सरकारले संसद्को हिउँदे अधिवेशनको आह्वान गर्न सिफारिस गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

“माघ २२ गते अपराह्न ४ बजे संसद् अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भयो,” सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।