मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडौँ - मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना – ६ नाम्सीखोला पुलनजिकै पहिरो खसेपछि सोमबार राती करिब ८ बजेबाट सडक अवरूद्व भएको थियो ।

ठूलो पहिरो खसेपछि रातीदेखि हजारौँ सवारी साधन रोकिएका थिए ।