सीआईबीले ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो

काठमाडौँ - बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

मंगलबार बिहान सीआईबीले प्रतिवदेन सरकारी वकिललाई बुझाएको हो ।

सीआईबीले अनुसन्धान प्रतिवेदनमा दुईसय भन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाउन सुझाव दिएको छ ।