सांसद सुमना श्रेष्ठले उठाइन् प्रधानमन्त्रीको कार्यक्षमता र नियतमाथि प्रश्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाएकी छिन्।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको एउटा विभागमा विभागीय प्रमुख नियुक्तिको विषयलाई लिएर असुरक्षा बढेको भन्दै राजनीतिकरणका कारण दुर्दशा निम्तिएको बताइन्।

उनले यस्तो हुनुमा प्रधानमन्त्रीको कार्यक्षमता र नियतमा प्रश्न उठेको बताइन्। उनले प्रधानमन्त्रीले शिक्षालयमा राजनीति चाहिन्छ भनेर वकालत गर्दै हिँडेको बताइन्।

उनले शिक्षक र प्राध्यापकले राजनीति गर्नुपर्छ भन्दै सेनापतिको रुपमा प्रधानमन्त्री बोल्दै हिँडेको भन्दै त्रिभुवन विश्वविद्यालयमा असुरक्षा हुनुमा प्रधानमन्त्रीको कार्य क्षमतामा प्रश्न उठेको बताइन्। 

उनले शिक्षालयमा राजनीति पस्न दिनु नहुने बताइन्।