लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्यको दाबी पेस 

 बुटवल- लुम्बिनीको मुख्यमन्त्रीका लागि नेकपा एमालेका चेतनारायण आचार्यले दाबी पेस गरेका छन् । आज ९सोमबार० कांग्रेस र एमालेको समर्थनसहित आचार्यले प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ सांसदको समर्थन छ । प्रदेश प्रमुखले सोमबार साँझ साढे ६ बजेभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । यहाँ एमाले संसदीय दलका नेता समेत रहेका लिला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्की जस्तै थियो । तर, अन्तिम अवस्थामा केन्द्रबाट आएको निर्देशनपछि आचार्य मुख्यमन्त्री बन्ने भएका हुन् ।