क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने चन्दन जैसवाल पक्राउ

काठमाडौँ । बैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्ररीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट माधवनारायण नगरपालिका- ३ घर भएका हाल ललितपुर महानगरपालिका-२ सानेपा बस्ने २७ वर्षिय चन्दन कुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनले राम्रो तलबको प्रलोभन दिएर क्रोएसिष पठाइदिन्छु भन्दै ४ जनाबाट ५ लाख ८४ हजार रुपैयाँ लिई सम्पर्क बिहीन भएका थिए ।

सम्पर्क बिहीन रहेका जैसवाललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१२ पचली भैरवबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका जैसवाललाई थप अनुसन्धानको गर्न वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।