'देशको सार्वभौमिकता र स्वाधीनताका कुरामा म कानुन र अदालतलाई मान्दिन' : मेयर बालेन 

काठमाण्डौँ - काठमाण्डौँ महानगरका मेयर बालेन शाहले भारतिय फिल्ममा प्रतिबन्ध लगाएपनि अदालतले खोल्न आदेश दिएको छ । तर यता बालेनले भने त्यो आदेश नमानने बताएका छन् । देशर स सार्वभौमिकतामा कुनै अदालत तथा कानुन नमानने बताए । 


उनी लेख्छन् - जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले  स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ  । यसको लागि  जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।