भविष्यमा सहरको चाप व्यवस्थापन गर्न अहिले नै सचेत हुनुपर्नेमा बालेनको जोड    

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले ठूला सहरकेन्द्रित बसाइँसराइले भविष्यमा पर्नसक्ने असरको व्यवस्थापनका लागि अहिले नै सचेत हुनुपर्ने बताएका छन् ।

“ठूला सहरकेन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनु पर्छ । भौगोलिक, सामाजिक, आर्थिकजस्ता कारणले फरक–फरक ठाउँका सहरको समस्या फरक हुन सक्छन्,” मेट्रोपोलिस निर्देशक समितिको बैठकबाट फर्किएपछि उनले भने, “तर केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् । बैठकमा यसका नीतिगत पक्षमा छलफल भयो ।”

मेयर बालेन मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर आज स्वदेश फर्किएका हुन् । बैठक साओ पाउलोमा असार ५ र ६ गते भएको थियो ।

मेयर बालेन मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् । मेट्रोपोलिस विश्वका ठूला १५० भन्दा धेरै महानगरको आवद्धता रहेका अन्तर्राष्ट्रिय संस्था हो ।