यथास्थितिमा बजेट पारित हुन दिँदैनौं : एकीकृत समाजवादी

काठमाडौँ - सत्तारुढ दल एकीकृत समाजवादीले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको छ । उक्त दलको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

दलको बैठकपछि संचारकर्मीसँग बोल्दै सांसद राजेन्द्र पाण्डेले उक्त जानकारी दिएका हुन् । एकीकृत समाजवादीले दलका नेता माधव नेपाललाई प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल गरेर बजेटको असन्तुलन मिलाउने जिम्मा दिएको छ ।