'नयाँ दलबाट केही हुँदैन, पुरानैलाई सुधार्नु पर्छ' : महासचिव पोखरेल

असार ८, दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि दुई दलीय व्यवस्था आवश्यक रहेको बताएका छन् । 
शनिबार तुलसीपुर उपमहानगरपालिका ११ मालेडाँडामा निर्माण गरिएको दाङका संस्थापक कम्युनिष्ट नेता स्वर्गीय श्रीमणि आचार्यको सालिक अनावरण गर्दै महासचिव पोखरेलले धेरै राजनीतिक दल हुँदा अस्थिरता बढ्ने भन्दै विकास र समृद्धिका लागि दुई वटा दलमात्रै हुनुपर्ने बताएका थिए ।