'एमालेमा कुनै पनि गुटउपगुट छैन्' : प्रदीप ज्ञवाली

 हेटौंडा - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा कुनै पनि गुटउपगुट नरहेको बताएका छन् । 

शनिबार बिहान एमाले मकवानपुरले हेटौंडास्थित पार्टी कार्यालयमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी केन्द्रमा कुनै पनि गुटउपगुट नरहेको बताएका हुन् । उनले जिल्ला अधिवेशनको निर्वाचनमा प्यानल बनाएपनि निर्वाचनपछि गुटउपगुट अन्त्य गर्न आग्रह गर्दै सबैलाई एकजुट भएर पार्टीको काममा लाग्न आग्रह गरे ।