प्रेम चलाउनेको मुद्दा फिर्ताविरुद्धको रिट मनोजकुमार शर्माको इजलासमा

काठमाडौ - त्रिभुवन विश्वविद्यालय उपप्रध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध परेको रिट सुनुवाइ हुँदै छ । चलाउनेविरुद्धको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भइरहेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, महान्यायधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला अदालत काठमाडौं र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय समेतलाई विपक्षी बनाएर रिट दायर भएको थियो ।

चलाउनेलाई २०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसरमै कांग्रेस भ्रातृसंगठन नेविसंघ त्रिविका इकाइ अध्यक्ष आचार्यको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएको थियो ।