पर्सामा जंगली हात्तीको दारासहित तीनजना पक्राउ

काठमाडौँ । पर्सा प्रहरीले जंगली हात्तीको दारासहित तीनजनालाई पक्राउ परेको छ ।

पक्राउपर्नेमा पर्साको ठोरी गाउँपालिका–४ विजयबस्ती गुम्बालाइनका कुइसँग लामा, वीरगञ्ज महानगरपालिका–१ का प्रेम शर्मा र महानगर–२१ का अमिरीलाल महतो छन् ।

पर्सा प्रहरीले ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा २१/२१ किलोग्राम तौलको दारासहित शुक्रबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जंगली हात्तीको दारासहित पक्राउ परेका तीनजनालाई जिल्ला डिभिजन वन कार्यालयसँग समन्वय गरी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको बताए ।

“ठोरी गाउँपालिका–४ का चन्द्र परियारको खेतमा खाल्डो खनेर २१/२१ किलोग्राम तौल भएको दुई थान दारा बिक्रीका लागि ग्राहक खोज्ने क्रममा पक्राउ परेका हुन्”, उनले भने ।