नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमाथि सुनुवाइ जारी 

काठमाडौँ - नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । वरिष्ठ अधिवक्ता डा।सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेको रिट न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको छ ।