प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता, के-के भयाे कुराकानी ?

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।

समाजवादी मोर्चाको घोषणा भएको केही दिनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चन्द बिच भेटवार्ता भएको  हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेटवार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताइएको छ।