'व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिवद्ध छ' : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा गएको महासंघको प्रतिनिधिमण्डलसँग भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले निर्वाधरुपमा पेशा व्यवसाय गर्न आग्रह गर्दै व्यवसाय सञ्चालनका क्रममा कुनै समस्या उत्पन्न भएमा त्यसलाई समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

भेटमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले माग अनुसार कच्चा सुनको आपूर्ति नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए । उनले व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीति नियम निर्माण गरी बजारको माग अनुसार सुनको आपूर्ति व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।