उत्तरी क्षेत्रको किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा - उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला हुने भएको छ ।

कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्का नाका बन्द गरेको थियो । उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुल्ने भएको हो । त्यसको सबैभन्दा ठूलो असर भोटखोलामा परेको छ । यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । विराटनगरको रानी भन्सार नाका हुँदै सङ्खुवासभाको किमाथाङ्कासम्म पुग्ने बाटोलाई चीन–भारत जोड्ने छोटो मार्गका रुपमा लिइन्छ ।

उत्तरी क्षेत्रमा विसं २०३५ मा किमाथाङ्का भन्सार कार्यालय स्थापना भएको थियो । तत्कालीन द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सिमा भन्सार विसं २०५७ देखि सदरमुकाम खाँदबारी रहेको छ ।