चालु अधिवेशन भित्रै सम्पत्ति शुद्धीकरण निवारण ऐन टुङ्गोमा पुर्‍याउन सांसदको माग

काठमाडौँ - संघीय संसद्को चालु अधिवेशन भित्रै सम्पत्ति शुद्धीकरण निवारण ऐन टुङ्गोमा पुर्‍याउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

सोमबारको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्र्न बनेको विधेयकमाथि भएको छलफलमा बोल्दै सांसदहरूले यस्तो जोड दिएका हुन् ।

अधिकांश सांसदहरूले बैठकमा सम्पत्ति शुद्धीकरण निवारण ऐन संसदको चालु अधिवेशनमा टुङ्गो लगाउन आवश्यक रहेको बताए । उनीहरूले ऐन बनाउने मात्रै नभएर अन्तर्राष्ट्रियरूपमा हेर्दा राष्ट्रको विषय भएकाले पनि तत्काल टुङ्गोमा पुर्‍याउन आवश्यक रहेको बताए ।