कामीरिताको नयाँ कीर्तिमान : ३०औँ पटक सगरमाथाको चुचुरोमा पाईला 

काठमाडौँ- कीर्तिमानी हिमाल आरोही तथा पर्वतारोही गाइड कामीरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३०औँ पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाएका छन् । उनी ११ दिनको अन्तरालमै दुई पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका हुन्। 

गत वैशाख ३० गते आइतबार कामीरिताले २९औँ पटक सगरमाथाको चुुचुरोमा पुगेर आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएका थिए । फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उनले विदेशी आरोही लिएर आज चुचुरोमा पुगेको कम्पनीले जनाएको छ ।