कामीरिताको कीर्तिमान बराबरी गर्दै पासाङदावा शेर्पा २७औँ पटक सगरमाथा चुचुरोमा !

काठमाण्डौँ - पासाङदावा पादवा शेर्पाले २७ औँ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । 

आज सोमवार शेर्पाले २७ औँ पटक सगरमाथाको आरोहण गर्नुभएको सर्भेयर खिमलाल गौतमले जानकारी दिए । उनी सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का बासिन्दा हुन् ।  

योसँगै पासाङदावा शेर्पा र कामीरिता शेर्पाको सगरमाथा आरोहण बराबरी भएको छ । कामीरिता पनि २७ औँ पटक सगरमाथा पुगिसकेका छन् । पासाङदावा शेर्पाले यही सिजनमा दोस्रो पटक सगरमाथा आरोहण गरेका हुन् । अब कामीरिताले २८ औँ पटकको आरोहणका लागि तयारी थालेको र मौसमले साथ दिएमा भोलि मङ्गलवार नै आरोहण थाल्ने गौतमले बताए ।