गुल्मीमा डढेलोमा परेर फेरि एकजनाको मृत्यु

काठमाण्डौँ - गुल्मीमा डढेलोमा परेर फेरि एकजनाको मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका वडानम्बर–३ स्थित हाडहाडे बर्दवास जंगलमा लागेको डढेलो निभाउने क्रममा ५५ वर्षीय धनबहादुर जोगी कुँवरको मृत्यु भएको हो ।

यसअघि सोही जंगलमा लागेको डढेलो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर–३ कै १३ वर्षीय दीपक मुखियाको पनि मृत्यु भएको थियो ।