आईपीएल क्रिकेट प्रतियोगिताको १७औँ संस्करण शुक्रबारदेखि सुरु हुँदै

काठमाडौँ - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट प्रतियोगिताको १७औँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबिच खेलिने छ । 

त्यसअघि चेन्नईस्थित एम। ए। चिदम्बरम क्रिकेट रंगशालामा प्रतियोगिताको भब्य उद्घाटन समारोह आयोजना गरिने छ । उद्घाटन समारोहमा बलिउडका चर्चित हस्तीहरुले पनि आफ्नो प्रस्तुति दिने समाचारमा जनाइएको छ । 

उद्घाटन समारोहमा चर्चित गायक एआर रहमान र सोनु निगमले प्रस्तुति दिने भएका छन् । यसका अतिरिक्त अक्षय कुमार, टाइगर श्राफलगायतका चर्चित बलिउड कलाकारले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने बताइएको छ ।