त्रिविको उपकुलपतिमा केशरजंग बराल नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा.केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।

सिफारिस गरिएका तीन जनामध्ये बराललाई प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेका हुन् । केशरजंग बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा रहेका बराल काठमाडौँ फर्केर नियुक्तिपत्र बुझ्नेछन् ।