जहाँ जहाँ हामीले आवाज उठाएयौँ, त्यहाँ त्यहाँ ओली सरकारले पुरस्कार गर्यो : रवि लामिछाने

काठमाडौँ । (राष्ट्रिय स्वतन्त्र) पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकारले अनुसन्धानमा रहेका व्यक्तिहरुलाई पुरस्कृत गरेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा लामिछानेले प्रधानमन्त्री केपी आलीलाई विश्वासको मत दिन आपत्ति नभए पनि सुरुवाती संकेत ले आफुलाई झस्काएको बताए ।

‘विश्वासको मत दिन पनि सकिन्थ्यो होला । तर, जुन संकेत सुरुवातमा देखियो, त्यसले हामीलाई झस्काएको छ। उहाँको राजनीतिक योगदान, उहाँको राजनीतिक त्याग, उहाँको राजनीतिक बलिदानप्रति हामीले कहीँ कतै कन्जुस्याइँ नगरी सम्मान गरेका छौँ, सम्मान छ।  तर, सरकार सुरु हुनेबित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय, कोही हाजिरी जमानीमा छुट्नुभएको मान्छे, बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो। बाँसबारी छालाजुत्ताको विषयको अनुसन्धान चलिरहँदा गीतको आवाज आयो बालकोटबाट, त्यसपछि हामीलाई शंका लाग्यो,’ उनले भने, ‘मन्त्रिपरिषद् बन्यो । जहाँजहाँ हामीले विषय उठायौँ, त्यहाँत्यहाँ पुरस्कार देखियो ।’