स्थिर सरकारका लागि कांग्रेस र एमाले मिलेको हो : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थिर सरकारको लागि कांग्रेस र एमाले मिलेको बताएका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने  प्रयोजनको लागि बोलाइएको संसद् बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै देउवाले वर्तमान सरकारले मुलुकलाई उन्नतीको नयाँ बाटोमा लाने विश्वास व्यक्त गरेका छन्। सोही क्रममा उनले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूबीच संवाद र सहमति उचित हुने बताए ।

‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रत्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ,’ सभापति देउवाले भने, ‘संविधान संशोधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरूबीच संवाद सहमति गर्दा उचित हुन्छ भन्नेमा हामी स्पष्ट छौँ ।’