वर्तमान सरकारले भ्रष्टाचार सहदैन् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचार नसहने दाबी गरेका छन् ।

आइतबार प्रतिनिधिसभको बैठकमा आफूमाथि विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै उनले भ्रष्टाचार नगर्ने, नसहने र कसैलाई भ्रष्टाचार गर्न नदिने बताएका छन् ।

उनले कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानुनी कारबाही अघि बढाउने दाबीसमेत गरे।

उनले भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गरिनेमा जोड दिए।  प्रधानमन्त्री ओलीले भ्रष्टाचार एक दिन कानुनी कठघरामा उभिनुपर्छ भन्ने भाष्य समाजमा स्थापित गराउने बताए।

उनले सहकारी पीडितका सम्बन्धमा उचित निणय लिने बताए। उनले जो कोही भएपनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने पनि बताए। उनले सुशासनको लागि स्टण्ड नभइ सही इन्टेन्सन चाहिने पनि बताए।