ट्याक्टरबाट खसेर १८ वर्षीया किशोरीको मृत्यु

काठमाडौँ । नवलपरासी पूर्वको  बुलिङटारमा ट्याक्टरबाट खसेर एक किशोरीको मृत्यु भएको छ ।

शुक्रबार  बिहान बुलिङटार गाउँपालिका-५, सान्डाँडाबाट खहरेतर्फ जाँदै गरेको लु ५ त ६५९ नम्बरको ट्याक्टरबाट खस्दा १८ वर्षीया बिरमाया सारुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार ट्याक्टरमा बसिरहेकी सारु खसेको र सोही ट्याक्टरको पछाडिको चक्काले किच्दा मृत्यु भएको हो ।

ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।