मेयर बालेनविरूद्व अदालतमा रिट दर्ता

काठमाडौँ - काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्व उच्च अदालत पाटनमा रिट दर्ता भएको छ ।

सिनेमा हल सञ्चालकहरूले बालेनविरूद्व रिट दायर गरेका हुन् । महानगरभित्रका हलहरूमा हिन्दी फिल्म प्रदर्शन गर्न रोकिएको भन्दै बालेनविरूद्व उनीहरूले मुद्दा दर्ता गरेका हुन् ।

बालेनले भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई भारतको छोरी भनिएको भन्दै काठमाडौंमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए।