गृहमन्त्री लामिछानेको निलम्बन मागिएको रिट ‘हेर्दाहेर्दै’मा 

काठमाडौँ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलाई ‘क्लीन चिट’ दिने महान्यायाधिवक्ता दीनमणि पोखरेलको निर्णयविरुद्ध परेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा शुक्रबार न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासमा सुनुवाइ भएको थियो। सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

अब गृहमन्त्री लामिछानेका तर्फबाट मात्रै बहस हुन बाँकी छ। अर्को पेशी असार १६ गतेका लागि तोकिएको छ । महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि कुनै उजुरी र अनुसन्धान नभएको भन्दै दिएको ‘क्लीन चिट’विरुद्ध अभिवक्ता भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए।