रास्वपाको चियापानमा को-को हुँदैछन् सहभागी ? 

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले दलका नेताहरुलाई आमन्त्रण गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा ७ असारमा गर्न लागिएको चियापानमा सबै दलको मूल नेतृत्वलाई बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, नीजि क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 

रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा चियापान गर्न लागेको छ । दिउँसो १ बजेदेखि चियापान राखिएको छ ।