'योग अध्ययनका लागि नेपाल मूल गन्तव्य' : प्रधानमन्त्री दाहाल 

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग नेपालकै अमूल्य निधि भएको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवस २०८० को सन्दर्भमा कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  प्रचण्डले योग सम्बन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि मूल गन्तव्य बन्न सक्ने दाबी गरेका हुन् ।

‘हाम्रा योग गुरूहरू र अध्येताहरूले बताएअनुसार नेपाल योगको भूमि हो र यो योग धरोहर हो । नेपालका तीन सभ्यताहरू शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ ।

 नेपालको साँस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका पुराना भवन र शहरको निर्माणमा पनि योगको ज्ञान–विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिन्छ ।