फिनल्याण्डले नेपाललाई १ अर्ब ८७ करोड अनुदान दिने

 काठमाडौँ - फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सह(सचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तथा नेपालका लागि फिनिस राजदूत सुश्री रिना(रिक्का हेक्काले हस्ताक्षर गरेका छन् । गत ३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले उक्त सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको थियो । 

सम्झौताअनुसार फिनल्याण्डले नेपाललाई १३ मिलियन यूरो अर्थात १ अर्ब ८७ कोड ९१.८७८ अर्ब० अनुदान दिने छ । पुरोपेली संघ ईयूको १८ मिलियन र फिनल्याण्डको १३ मिलियन अनुदान तथा नेपाल सरकारको २० मिलियन गरी ५१ अर्ब यूरो रकमबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमातर्फत जलवायु अनुकूलन कार्यक्रम सञ्चालन गरिनेछन् ।