अर्जेन्टिनामा ब्याजदर ६ प्रतिशतले बढ्यो !

काठमाण्डौँ - सेन्ट्रल बैंक अफ अर्जेन्टिनाले बढ्दो मुद्रास्फीतिको सामना गर्न ६ प्रतिशत ब्याजदर बढाएको छ । योसँगै अर्जेन्टिनाको मुद्रास्फीति ९७ प्रतिशत पुगेको छ । यो ३० वर्षकै सर्वाधिक उच्च हो ।

विश्वका केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण गर्न संघर्ष गरिरहेका छन् । तर, अर्जेन्टिनामा यो विशेष खालको समस्या भएको बताइएको छ । त्यहाँ वार्षिक मुद्रास्फीति दर गत महिनाको तुलनामा १०० प्रतिशत वृद्धि भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफका अनुसार यो सन् १९९० को दशक सुरु भएयताकै उच्च हो ।

 हाल भेनेजुएला र जिम्बाम्वे अर्जेन्टिनाको तुलनामा उच्च मुद्रास्फीति भएका देश हुन् । तुलनात्मक रूपमा अमेरिकाको मुद्रास्फीति ५ प्रतिशतभन्दा मुनि छ । केन्द्रीय बैंकले १४ महिनामा ब्याजदरमा पाँच प्रतिशतले वृद्धि गरेको छ ।