कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु

 कैलाली - कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।  

घोडाघोडी नगरपालिका ९ उत्तर पूर्वा  बस्ने लाल सिंह बिकको १५ वर्षीया छोरी ममता बिकको  सोमबार साँझ चट्याङ लागर मृत्यु भएको हो ।

उनको पसलबाट घर फर्कने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष हरिसचन्द्र शाहले जानकारी दिए ।  

मृतक बालिका कालिका माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको जनाइएको छ ।