कर्णाली नदीमा  डुंगा पल्टियो, एक जना बेपत्ता

सुर्खेत - पश्चिम सुर्खेतको चौकुने गाउँपालिका र कैलालीको मोहन्याल गाउँपालिकाको जिरागाडीस्थित कर्णाली नदीमा डुंगा पल्टिएको छ । आइतबार दिउँसो करिब ३ बजेतिर डुंगा पल्टिएको हो । 

चालकसहित चार जना चढेको डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुर्खेतको बराहताल गाउँपालिका–५चेपाङका अन्दाजी ३० वर्षीय उमेश विक रहेका छन् । जिरागाडी चौकुने गाउँपालिका–५ अन्तर्गत पर्ने कर्णाली नदी किनार हो ।