ओली भन्छन्-'प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस्'

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । 

सरकारको नीति तथा कार्यक्रमले अहिलेको समस्या सम्बोधन गर्न र अर्थतन्त्रलाई संवृद्धिको गन्तव्यमा डोर्‍याउने कुनै खास नीति योजना तथा कार्यक्रम नलिएकाले यस्तो नीति तथा कार्यक्रम फिर्ता लिएर पुनरलेखन गर्न ओलीले प्रधानमन्त्रीलाई आग्रह गरे ।