जागिरको खोजीमा हुनुहुन्छ ? नेपाली सेनामा ४५ सयको लागी जागिर खुल्यो !

 काठमाडौँ - लामो समयपछि नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाले आज गरेको बिज्ञापन अनुसार ४५ सय जनाका लागि जागिर खुलाएको हो ।

जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ ।

भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी अडडाका अनुसार महिला कोटामा ३ सय ९०, आदिवासी जनजाति कोटामा ६ सय १७, मधेशी कोटामा ५ सय ४०, दलित कोटामा २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० संख्यामा आरक्षण छुटाएर नेपाली सेनाले जागिर खुलाएको हो ।